नयाँ सरकार गठनमा फेरि ढिलाइ भए, लोकतान्त्रिक पद्धतिमै प्रश्न उठ्छ : नेता सापकोटा
अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ
भक्तपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।
रफत सञ्चार क्लबले अाइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताए ।
नेता सापकोटाले भने, “अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।”
संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै उनले सरकार गठनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोड्नु आवश्यक नभएको दाबी गरे ।नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै नेता सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर पनि गरे ।
उनले भने, “नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छ, सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्छ, बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने गरी अगाडि बढेको छ ।”
उनले अहिले भइरहेको भ्रष्टाचारको एक एक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस