प्रमुख निर्वाचन अायुक्त ज्यू कसैको दवावले हैन आफ्नो विवेकले काम गर्नुस् : सचिव भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा अाइतबार आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए ।
“कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ । आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ”, उनले भने, “तर आयोग कसैको दवावमा अहिलेसम्म परिमाण सार्वजनिक नगरेर बसेको छ ।” नेता भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नो विवेकले काम गर्न आग्रह गरे ।
उनले राष्ट्रियसभाको निर्वाचनका लागि पुनः राजनीतिक दलले दर्ता गर्न आवश्यक नभएको विचार पनि राखे ।
वाम पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने धारणा राखे । “अब एकतापछि नेतृत्वको कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन”, उनले थपे, “जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन । वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन् ।”
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भट्टराई जस्ता युवा नेता मुलुकका लागि आवश्यक रहेको र अब युवाले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, इलाका सञ्चार कमिटीका इञ्चार्ज समिर नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायतले सचिव भट्टराईलाई शुभकामना दिएका थिए । कार्यक्रममा गोरखापत्र संस्थानका नवनियुक्त प्रबन्ध सम्पादक श्रीधर आचार्यलाई समेत बधाई ज्ञापन गरिएको थियो ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस