नेताहरुको चर्को दवावपछि सभापति देउवाले बोलाए बैठक

Congress (1)

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।  प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटकशुक्रबारबिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो । 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिए । 

निर्वाचनमा काँग्रेसको स्थिति कमजोर भएपछि समीक्षाका लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । काँग्रेसको २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...