माधवकुमार नेपाल भन्छन्, घर बनाउने बेला दलित चाहिने अनि घरभित्र पस्न चाँही किन निषेध ?

Rdn

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा संविधानअनुसार दलितको प्रतिनिधित्व नहुने अवस्था आएको बेला नेकपा एमालेका नेता माधवकुमार नेपालले राज्यका हरेका तहमा दलित समुदायलाई समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार सुरु भएको ११ औं दलित संसद्को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रत्यक्षमा दलितको उपस्थिती कम भए पनि समानुपातिकमा दलित समुदायको सहभागीता बढ्ने बिचार ब्यक्त गरे ।

तर, उनले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३ जना र प्रदेशसभामा ४ जनाले जित्नुलाई लज्जास्पद भएको बताए । नेपालले यसलाई केही उपलब्धिमूलक मान्न सकिए पनि सुखद मान्न नसकिने बताए ।

संविधानले दलित समुदायलाई राज्यको उच्च तहमा लैजान बाटो खोजे पनि प्रत्यक्षतर्फ दलितलाई उम्मेदवार कम बनाएकाले त्यो अवस्था छैन । तर, नेपालले क्रमस सुधार हुँदै गएको बताए ।

राष्ट्रिय दलित नेटवर्कसहितका विभिन्न संघ संस्थाहरुको आयोजनामा सुरु भएको २ दिने दलित संसदमा नेता नेपालले राजनीतिक, सामाजिक आन्दोलन सँगसँगै सम्मानको आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

‘घर बनाउने बेलामा सबैलाई दलित चाहिने, त्यही घर बनेपछि दलितलाई पस्न नदिने, इनार बनाउने बेला त्यही दलित चाहिन बनि बनेपछि त्यही इनार बनाउने दलितले त्यो इनारको पानी खान नपाउने । त्यस्तो पनि हुन्छ ?’ नेता नेपालले भने ‘यस्तो सामाजिक कुसंस्कारका विरुद्ध राज्य, राजनीतिक दल र नागरिक समाज लाग्नुपर्छ ।’

सो कार्यत्रममा एकीकृत माओवादी केन्द्रका प्रभावाली नेता वर्षमान पुनले गरिवले निर्वाचन लड्न नसक्ने खालको निर्वाचन प्रणाली आएका कारण पनि दलित, गरिव र निमुखाले संसद्मा पतिनिधितव गर्न नसकेको बताए ।

पुनले राज्यको यस्ता कुसंस्कार विरुद्ध लागेको भए पनि प्रणालीमै सुधार नगरेसम्म सबै जातजाति वर्ग र समुदायको राज्यमा समान पहुँच पुग्न नसकेको बताए । उनले त्यसका लागि दलित, महिला र अल्पसंख्यकका लागि निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्न बताए ।

सो कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्गबहादुर बस्याल लगायतले दलितलाई राज्यले हेर्ने दृष्टिकोणमै भिन्नता रहेको बताएका थिए ।

राष्ट्रिय दलित नेटवर्कले २०६० सालमा धनगडीबाट दलित संसदको सुरुवात गरेको थियो । विगतका वर्षहरुमा नेटवर्कले एक्लै दलित संसद चलाउने गरेको भए पनि ११ औं दलित संसद भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, समता पाण्डेसन जागरण मिडिया सेन्टर लगायतका संस्थारुले संयुक्त रुपमा आयोजना गरेको नेटवर्कका अध्यक्ष गणेश विकले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...