सरकार गठनपछि मात्र पार्टी एकता : नेता पण्डित
पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुन्छ
काठमाडौँ । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने “पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुनेछ ।”
नेता पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताउँदै राष्ट्रपति कार्यालयमा थाती रहेका राष्ट्रिय सभासम्बन्धी अध्यादेश पुनः विचार भई जारी हुने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता एनपी साउदले संवैधानिक राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण रोक्न नमिल्ने बताउँदै उक्त विधेयक स्वीकृत भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको गठन प्रक्रिया शुरु हुने र त्यसपछि नयाँ सरकार गठनको ढोका खुल्ने छ भने ।
नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले एमाले र माओवादी केन्द्रका अध्यक्षमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने बताउँदै वामपन्थीको एकता देशमा राजनीतिक स्थायित्वका लागि भएको विचार व्यक्त गरे ।
राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले वामपन्थी गठबन्धनबाट एक दलीय व्यवस्था आउन सक्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश नं २ मा बन्ने प्रदेश सरकारले मधेशी जनताको भावनाअनुरुप कार्य गर्ने बताए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस