रानीपोखरी पुनर्निमाणको रमिता, उपमेयर ताला लगाउने मेयर तोड्ने

Rani pkhari

काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको ताला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।

रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् । लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् ।

रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।

रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर खड्गीले मेयर शाक्यले आफूहरुसँग परामर्श नगरेको गुनासो मात्र गरिनन्, काम रोक्नु पर्ने मत राखिन् ।

‘मैले ताला लगाएको हैन, म त्यहाँ पुगेर अवलोकन गरेको हुँ, म फर्किएपछि मेयरसा’बले त्यहाँ जाउँ भन्नुभएको थियो मैले गएर आइसकेँ भने,’ खड्गीले भनिन्, ‘मैले मान्छेहरुको ठूलो भीड भने त्यहाँ जम्मा भएको देखेको थिएँ ।’

उनले रानीपोखरीजस्तो सम्पदामा क्रंक्रिट प्रयोग गर्न नहुने दोहोर्‍याइन् । क्रंक्रिट प्रयोग गर्न पुरातत्व विभागले स्वीकृति नदिएको भन्दै उनले सम्पदाविदहरुको राय अनुसार अघि बढ्नु पर्ने बताउँछिन् ।

मेयर शाक्यले भने आफूहरु निर्वाचित भएर आउनु अघि नै रानीपोखरीको काम भइरहेकाले आफूलाई मात्र दोष नदिन आग्रह गरे । आरोप प्रत्यारोप गरेर मात्र नहुने भन्दै उनले पुनर्निर्माण प्राधिकरण लगायत छलफल गरेर अघि बढ्न आफू तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...