पार्टी एकता अवरोध गर्न चितवनमा अलमल गरेको हैन, द्विविधा नहुनुहोस एकता हुन्छ : प्रचण्ड
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले मंगलबार आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए ।
नेता दाहालले भने, “म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन् । यसमा द्विविधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।” दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताए । पूर्वप्रधानमन्त्री दाहालले भने, “एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ । ”
सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताए भने विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिएका थिए ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस