निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम आदेश पनि छ : नेता श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
निर्वाचनमा गोरखा–२ मा पराजित भएपछि निर्वाचनको समीक्षा गर्न सोमबार गोरखा पुगेका श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा भने , “निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम आदेश पनि छ । पार्टी एकताको वाम आदेश । पार्टी एकतालाई छिटोभन्दा छिटो घोषणा गर्ने र एकीकृत पार्टी बन्ने प्रतिबद्धता हाम्रो छ ।”
सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता भएमा राम्रो हुने भन्दै श्रेष्ठले एकीकृत पार्टीले सञ्चालन गरेको सरकार स्थिर हुने र समृद्धिका लागि काम गर्न सकिने बताए । श्रेष्ठले गोरखा क्षेत्र नं २ मा जनताको चयनमा यसपटक माओवादी नपरेको भन्दै मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको बताए । चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहने उनको भनाइ थियो ।
कुनै पनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुनेमा सचेत गराउँदै नेता श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको प्रष्ट्याए । काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश प्राप्त भएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस