प्रधानमन्त्री देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा शुरु

Baluwatar

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले शुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो । 

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ ।

पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजकले जानकारी दिए। 

निर्वाचन सकिएसँगै सत्तापक्ष र बाम गठबन्धनवीच चुलिएको संवादहिनता तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रिय सभा गठन प्रकृयामा नेपाली कांग्रेस र बाम गठबन्धनवीच चर्किएको विवाद साम्य पार्ने उदेश्यले सर्बदलीय बैठक बस्न लागेको थाहा भएको छ ।

विवाद चुलिँदै गर्दा राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भएको एक्लाएक्लै वार्तापछि प्रमुख दलहरुको वाक्युध्द चर्किएको थियो । त्यसपछि गठबन्धनका नेताहरु ओली र पुष्पकमल दाहालले फेरि राष्ट्रपतिलाई संयुक्त रुपमा भेटेपछि ओलीबाट आएको चर्को टिप्पणीले झनै तिक्तता बढाएको देखिएको थियो । 

यही तिक्तता तोड्दै संवाद सुरु गर्ने उदेश्यले प्रधानमन्त्री देउवाले बैठक डाकेको बताइएको छ।  बैठकमा प्रतिनिधि सभामा निर्वाचित दलका शीर्ष नेताहरुको सहभागिता रहने बताईएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...