लोकतन्त्रमा खतरा आउँदा कांग्रेस चुप लागेर नबस्ने निधिको चेतावनी

Bimalendra nidhi

 जनकपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिमलेन्द्र निधिले लोकतन्त्र प्राप्तीका लागि ठूलो बलिदानी दिएको पार्टी नेपाली कांग्रेस भएकाले लोकतन्त्रमा खतरा आउँदा आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

उनले चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताएका छन् ।

बिहीबार जनकपुरमा रामनारायण मिश्रको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता निधिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावमा हासिल गरेको जित र उनीहरुको पछिल्लो अभिव्यक्तिले मुलुकमा अधिनायकबाद हावी हुनसक्नेतर्फ सचेत गराए ।

निधिले चीनमा दल र मुलुक एउटै भएको सोच रहेको र उनीहरु त्यही आधारमा सम्बन्ध तथा सिद्धान्तहरु विस्तार गर्न थालेको दाबी गरे ।

निधिले आफूहरुले कम्युनिष्टहरुलाई लोकतान्त्रिक बनाएको बताउँदै यद्यपि अहिले पनि वामपन्थी सोच नहटेकाले कम्युनिष्टहरु लोकतन्त्रवादी नभएको र मुलुकमा एकदलीय शाशन आउन सक्ने खतरा औल्याए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...