नयाँ सरकार गठनमा संवैधानिक जटिलता छैन : ओली

Pk oli

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए । बालकोटस्थित आफ्नै निवासमा कुरा गर्दै ओलीले भने, ‘कुनै संवैधानिक जटिलता छैन । आफ्नो प्रक्रियाबाट अघि बढ्छ । ‘सरकार गठन परिर्वतन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो ।’

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताए । उनले भने, ‘वाम एकता होइन, पार्टी एकता गर्छौं ।’निर्वाचन आयोगले प्रक्रिया नै पुरा गर्न बाँकी रहेको उनले बताए । ओलीले भने, ‘काम चलाउ सरकारले व्यवधान गर्‍यो भनेको होइन, छैन । खाली अभिव्यक्ति अनुचित छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...