निर्वाचन प्रक्रिया पु¥याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ : नेता सिंह

Prakash man sinha

 

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । 

काठमाडौँ क्षेत्र नं १ ले बुधबार बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पु¥याएर काँग्रेसले सत्ता हस्तान्तरण गर्ने बताए । 

“काँग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,” उहाँले भने । सत्ताका लागि काँग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरुले काँग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गरे । 

प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...