कांग्रेसको ठहरः अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नु ‘असंवैधानिक’

Nepali congress kuy4tlhjw7

काठमाडौं । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ ।

अध्यादेश रोकिएको विषयमा कांग्रेसका शीर्ष तहका नेता केही दिनदेखि छलफलमा छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेकै ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको बताउँदै आएका छन् । देउवाको भनाइसँगै मुलुकको कार्यकारी प्रमुख र राष्ट्राध्यक्षबीचको असन्तुष्टि सतहमा आएको छ ।

कांग्रेसले राष्ट्रपतिलाई विवादमा नल्याउन एमालेसँग पनि आग्रह गरेको छ । प्रधानमन्त्री देउवाले सरकारले पठाएको अध्यादेश एमाले अध्यक्ष केपी ओलीकै दबाबमा राष्ट्रपति भण्डारीले दुई महिनासम्म ‘होल्ड’ गरेको बताउँदै आएका छन् ।

देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग र अघिल्लो दिन राष्ट्रपति भण्डारीसँग भेटमा समेत अध्यादेश जारी नभएकोमा असन्तुष्टि प्रकट गरेका थिए । आजको कान्तिपुरमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...