प्रचण्डले दिए नयाँ सरकार गठन गर्ने मार्ग खुल्ला गर्न देउवालाई यस्तो सुझाव

देउवा भन्छन्, सबै निकायको निर्वाचन सकिएपछि मात्र नयाँ सरकार

Parchanda pm

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार गठनका निमित्त मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार शनिवार विहान भएको भेटमा दाहालले निर्वाचनको परिणाम आईसकेकाले अब राजिनामा  दिएर मार्ग प्रस्तत गरेर जान सुझाव दिएका हुन् ।

उनले राष्ट्रिय सभा गठन, प्रदेश प्रमुख र केन्द्र तोक्ने लगायतका विषय जनमतबाट आएको नया सरकारले गर्ने जानकारी पनि गराए । जवाफमा प्रधानमन्त्री देउवाले भने तत्काल आफु सत्ता नछाड्ने बरु विवादित विषयमा सहमति जुटाउन सकिने बताए । संविधानले दिएको अधिकार अनुसार सबै निकायको निर्वाचन सकिएपछि मात्र आफुले सरकारले छाड्ने देउवाको भनाई छ ।

छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि फेरिएको राजनीतिक अवस्था, नयाँ सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा गठनका बारेमा कुराकानी भएको छ ।

नयाँ चुनावी परिणाम आए पनि दलहरुबिच पहिले सरकार कि संसद भन्ने विषयमा कुरा मिल्न सकेको छैन । सरकारले पहिले संसद गठन भएपछि मात्र नया सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र माओवादीले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...