प्रधानमन्त्री ओली भए मन्त्रीमण्डलमा जाने यी हुन्,संभावित अनुहारहरु

मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का

0li

काठमाण्डौं । प्रतिनिधि सभामा वाम गठबन्धनले बलियो वहुमत पाएसँगै भावी प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने लगभग निश्चित भैसकेको छ । 

एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दूई कार्यकारी मध्ये एक, एक नेतृत्व गर्ने बताएसँगै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने प्रायः निश्चित भएको हो ।

निर्वाचनअघिका विभिन्न अन्तरवार्ता एवं सार्वजनिक कार्यक्रममा नै माओवादी केन्द्रका अध्यक्ष दाहालले सुविधाजनक वहुमत प्राप्त वामपन्थी सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष ओली नै हुने वताईसकेका छन् ।

यो सँगै नयाँ संविधानले तोकेको २५ मन्त्रीमण्डलभित्र एमाले, माओवादीका कुन कुन नेताले मन्त्री बन्ने मौका पाउँछन भन्ने चर्चा सुरु भैसकेको छ । अहिलेसम्म लाभको पदमा नपुगेका एमाले सचिव योगेश भट्टराई, महासचिव इश्वर पोख्रेल पहिलो नम्वरमा छन् । त्यस्तै एमालेवाट  सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल, महेश बस्नेत, हृदयेश त्रिपाठी, नवराज सिलवाल, पद्यमा अर्याल, रघुवीर महासेठ, लालबाबु पण्डित, पार्वत गुरुङ, यज्ञबहादुर सुनुवार, छविलाल विश्वकर्मा, धन बहादुर बुढा, रविन्द्र प्रसाद अधिकारी, दीपकप्रसाद भट्ट, नारदमुनि राना, कृष्णगोपाल श्रेष्ठ या रामवीर मानन्धर लगायतको नाम अग्रस्थानमा चर्चामा छ ।

त्यस्तै माओवादी केन्द्रवाट अग्नी सापकोटा, पम्फा भुषाल, जर्नादन शर्मा, वर्षमान पुन, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, प्रभु शाह, बिना मगर, हितवहादुर तामाङ, श्यामकुमार श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी  र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायतको नाम चर्चामा छ ।

भावी प्रधानमन्त्री ओलीले पनि आफनो मन्त्रीमण्डलमा युवा नेतृत्वलाई बढि स्थान दिने मानसिकता बनाएका छन् । त्यसकारण पनि ओली मन्त्रीमण्डलमा युवापुस्ताको राम्रै वर्चश्व हुने पक्का जस्तै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...