चुनावमा कांग्रेसले डर धम्कीको राजनीतिक चरित्र देखायो : राजेन्द्र महतो

Rajendra mahato

 जनकपुर । राष्ट्रिय जनता पार्टीका नेता एवं धनुषा-३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।

चुनावको समयमा समेत कांग्रेसले यस्तै चरित्र देखाएको कारणले जनताले सबक सिकाएको नेता महतोले बताए ।

जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतोले कांग्रेसको चरित्रमा सुधार नआएको अवस्थामा जनताले फेरि पनि यस्तै जवाफ दिने भन्दै सुध्रिन आग्रह गरे ।

मधेसका जनताले आफ्नो अधिकार चाहेको बताउदै उनले कांग्रेसको डर धम्कीबाट नडराउने बताए । ‘कांग्रेसलाई म डर धम्कीको राजनिति बन्द गर्न आग्रह गर्छु होइन भने जनताले फेरि यसको जवाफ दिने छन् ।’

जनकपुर मधेसको केन्द्र बिन्दु रहेको कारणले गर्दा जनकपुरलाई राजधानी बन्नबाट तत्काल कसैले रोक्न नसक्ने बताए ।

महतोले तत्तकाल अस्थायी जनकपुरलाई तोकेर अगाडि बढ्नुपर्ने बताउँदै यसमा एमालेले भाजो हाल्ने कार्य बन्द गर्नुपर्ने बताए ।मधेस गठबन्धनको बैठकले प्रदेशमा सरकार बनाउने बताउँदै यसमा कुनैपनि प्रकारको विवाद समेत नहुने उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...