निर्वाचनले विकास र समृद्धिको आकांक्षा जन्माएको छ : ओली
निशान न्युज
Mangsir 28, 2074
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्था गर्न प्राथमिकताका साथ लाग्ने बताएका छन् ।
आज आफ्नै निवास बालकोटमा उनले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै उनले स्वदेशमै रोजगारीको व्यवस्था गर्नसके युवाले खाडी मुलुकमा गएर पसिना बगाउनु नपर्ने बताए ।
अध्यक्ष ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताउँदै यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको छ भने ।
०४६ को परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टाचारीकरण बढेको छ, उनले भने, “निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए, जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर अहिले लाखौँ युवा खाडीमा पसिना बगाइरहेका छन् ।”
अध्यक्ष ओलीले सम्पत्ती शुद्धीकरणका नाममा व्यवसायीलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा चिन्ता व्यक्त गर्दै आफ्नै खाताबाट रु १० लाखभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण बन्न नसकेको धारणा व्यक्त गरे ।
“सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यवसायीसँग कर उठाउने हो, अनावश्यक बखेडा झिकेर गैरकानूनी रकम आर्जन गर्ने होइन,” उनले भने, “आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छ ।”
अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने पनि बताए ।
महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्कर राजकर्णीकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।
यसैगरी बालकोटमै अध्यक्ष ओलीलाई बधाई दिन आएको नेपाल राष्ट्रिय माडवारी परिषद् केन्द्रीय समितिसँग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
यो समुदायलाई केही राजनीतिक दलले दुहुँनो गाई बनाएको दृष्टान्त दिँदै वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न पनि उनले आग्रह गरे ।
अध्यक्ष ओलीले सरकारसँग उद्योग, मजदुर, देशको आवश्यकता, उत्पादनजस्ता कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकाले व्यावसायिक क्षेत्र अनुमानका भरमा सञ्चालन भइरहेको उल्लेख गर्दै “नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधि खुवाइँदैछ, अब यस्तो हुँदैन, सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसैअनुसार समाधान पनि खोजिने छ,” भने ।
सम्बन्धित समाचार
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
साताको लोकपृय
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस