मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

राजविराजश्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् ।
राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत हुनुभएका उनले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले पनि संघर्ष जारी राख्ने बताए ।
पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको दाबी गरे ।
सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको आरोप लगाउँदै उनले प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास व्यक्त गरे ।
अब मधेशमा अधिकारसम्पन्न भई विकासको कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफू पनि अगाडि बढ्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने र जस्तोसुकै संघर्ष गर्न आफू पछि नहट्ने बताउँदै मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउने समेत बताए ।
निर्वाचन परिणामले प्रदेश नं २ मधेश सरकार बन्ने बताउँदै ‘प्रदेश नं २ को ८ जिल्ला मात्र मधेश होइन, मधेसका बाँकी २२ जिल्लाका भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ, उनले भने ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस