सुनसरी ३ मा गच्छदार विजयी, भगवती चौधरी ३२१ मतले पराजित

Biyaja gachdar

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् ।

बामगठबन्धनकी भगवती चौधरीलाई २ सय ८१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदारले ३८ हजार ९ सय ७२  मत पाएका छन् भने भगवतीले ३८ हजार ६ सय ९१ मत पाइन् । 

गच्छदार २०४८ साल, २०५१ साल र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम (लोकतान्त्रिक) बाट गच्छदारले चुनाव जितेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...