सुनसरी ३ मा बिजय गच्छदारबिरुद्ध भगवतीको अग्रता कायमै

Bhagawati choudhary bijayekumar gachhadar 450x320

इटहरी । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट शुरु भएको छ । शुरुदेखिनै अग्रता लिइरहेकी एमालेकी भगवती चौधरीको अग्रता कायमै रहँदा मतगणनास्थलमा उनका प्रतिनिधि भने छैनन् ।


मुचुल्का भन्दा बढि मतपत्र भेटिएको र अधकट्टी सहितको मतपत्रको सिरियल नम्बर समेत हेर्न नदिइएको भन्दै एमालेले मतगणना अवरुद्ध गरेको थियो । निर्वाचन अधिकृत टिका घिमिरेले मुचुल्का र सिरियल नम्बर हेर्न नदिएर सेटिङ अनुसार बिजय गच्छदारलाई जिताउन खोजेको आरोप भगवती चौधरीले लगाएकी छन् ।

निर्वाचन आयोगको निर्देशन बमोजिम मतगणना अघि बढेको छ । पछिल्लो मतगणनका परिणाम अनुसार एमालेकी भगवती चौधरी ३० हजार ९१९ मतका साथ अग्रता लिइरहेकी छन् । उनलाई नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले ३० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा जम्मा ८५ हजार १३७ मत खसेकोमा हालसम्म ६७ हजार ६५२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा २०७० सालको आम निर्वाचनमा पनि बिजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदा डेढ सय मतान्तरमा चौधरी पराजित भएकी थिइन् । त्यसबेला पनि मतगणनाको अन्तिम समयमा यस्तै विवाद भएको थियो । विवादका बीच गच्छदार बिजयी घोषित भएका थिए ।
आफ्ना प्रतिनिधि नहुँदा सदर मतलाई बदर गर्ने र झन् गडबडी हुने भन्दै पार्टीले प्रतिनिधि पठाउन निर्देशन दिएपछि पठाउने तयारी भइरहेको चौधरीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...