मलंगवामा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, ३ जना घाइते

सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । सो झडपमा परी ३ जना घाइते भएका छन् ।

क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो । सो विवाद झडपमा परिणत भएपछि प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह छन् ।

राजपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राकेश मिश्रले चुनावको दिन ४५ प्रतिशत मतदान भएको तर, गणना गर्ने समयमा ९६ प्रतिशत मतदान रेकर्ड देखिएपछि विवाद भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...