कैलालीमा माओवादीलेका लेखराज भट्ट विजयी

Lekraj raj bhatta 720x445

कैलाली । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् ।

भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् ।


कैलाली क्षेत्रनम्बर ३ मा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादीका गौरीशंकर चौधरी २४ हजार ८७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका छन् ।

कैलाली ५ मा नेकपा एमालेका नारदमुनि रानाले कांग्रेस उम्मेदवार आरजु राणा देउवालाई पराजित गरेका छन् ।

कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपट रावलले र क्षेत्रनम्बर १ मा राजपाका रेशम चौधरीले अग्रता लिइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...