रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्माको अग्रता

Chabila bk

काठमाडौँ । रुपन्देही क्षेत्र न.१ मा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले आफ्नो अग्रता कायमै राखेको छन् । उनले कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकलाई ५,७५२ मतले पछाडी पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका स्थायी कमिटि सदस्य समेत रहेका विश्वकर्माले २६,६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अब्दुल रज्जाकले भने २०,९०२ मत मत ल्याएका छन् । त्यसै गरि प्रारम्भिक मत परिणाममा अग्र स्थानमा रहेका संघीय फोरमका उम्मेदवार बिधा प्रसाद यादवले ९६३० मत ल्याएका छन् ।
प्रारम्भिक मत परिणाममा तेस्रो स्थानमा रहेका विश्वकर्माले पछिल्लो मत परिणामहरुमा अग्रता लिदै गएका छन् ।

विश्वकर्मा र रज्जाकको यो दोस्रो भिडन्त हो । २०७० सालमा भएको सविधान सभाको निर्वाचनमा सोही क्षेत्रमा रज्जाकले विश्कर्मालाई पराजित गरेका थिए । सविधान सभा सदस्यमा निर्वाचित भएका रज्जाक हाल वहालवाला राज्यमन्त्री हुने भने विश्वकर्मा पूर्व कृषिमन्त्री हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...