प्रदेशसभामा राष्ट्रिय जनमोर्चा विजयी

Chitra bdr kc

बागलुङ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन ।

घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गरेको हो । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचनले आठ हजार ६२४ मत प्राप्त गरेका हुन ।

बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् । सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...