बाग्लुङमा राजमोले खोल्यो खाता

Tek rajamo

बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा जित हात पार्दै राष्ट्रिय जनमोर्चाले पहिलो जित दर्ता गरेको छ ।

बाग्लुङ र प्यूठानमा बाम तालमेल गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती ३ हजार २ सय ६० को मतान्तरले विजयी बनेका छन् ।

उनले नेपाली कांग्रेसमा जीतबहादुर शेरचनलाई पराजित गरे । घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले बाग्लुङमा प्रदेशसभा र प्यूठानमा प्रतिनिधिसभा सदस्यका लागि वाम तालमेल गरेको थियो । प्यूठानमा पनि वाम तालमेलबाट उम्मेदवार बनेकी दर्गा पौडेलले आफ्नो अग्रतालाई कायम गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...