बाजुरामा बामगठबन्धन विजयी हुने पक्का, मतगरणा अन्तिम् चरणमा
यस्तो छ मत परिणाम्
काठमाडौं । बाजुरामा कम्युनिष्ट गठबन्धनले अग्रता लिएको छ । आज दिउँसोसम्म अगाडि रहेको नेपाली कांग्रेसलाई पछि पार्दै कम्युनिष्ट गठबन्धनले अग्रता लिएको हो । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभामा कम्युनिष्ट गठबन्धनले कांग्रेसलाई एक हजार ५२४ मतले पछि पारेको छ ।
शुक्रबार अपरान्ह ४ वजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिनिधिसभा अन्तरगत एमाले उमेदवार लालबहादुर थापाले १८ हजार ९ सय ९५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कवीराज पण्डितले १६ हजार ९४९ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभा ‘ख’ अन्तरगत एमालेका प्रकाश शाहले १४ हजार ७४० मत प्राप्त गर्दा कांग्रेस उमेदवार पदमबहादुर शाहीले ११ हजार ८५२ मत ल्याएका छन् ।
प्रदेशसभा ‘क’ मा एमालेका बलदेव रेग्मी यसअघि नै विजयी भइसकेका छन् । ६९ हजार ८३४ मतदाता रहेको बाजुरामा ५२ हजार ९४५ मत खसेको
प्रतिकृया दिनुहोस