बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही : अध्यक्ष ओली
क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हुन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उनले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाए ।
नेता ओलीले भने, “एउटा शासन व्यवस्था,राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो ।” अध्यक्ष ओलीले सुशासन कायम राख्न, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गरे ।
संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उनले नेकपा एमालले नै क्षेत्रीयवादी वैमनुष्यता हटाइ राष्ट्रिय एकता कायम राख्ने धारणा व्यक्त गरे ।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गरे ।
उनले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतुत्वमा बनेको सरकारले नै शहीद घोषणा गरेको स्मरण गराए ।
चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरबाट छैंठो शहरमा पु¥याएको आरोप लगाउदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताए ।
सभामा नेकपा (माओवादी केन्द्र)का लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तर विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस