संविधानको नेतृत्व गरेको काँग्रेसले नै अब समृद्धिको नेतृत्व गर्छ : नेता सिंह

Prakash man sinha

 

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणको नेतृत्व गरेको पार्टीले नै समृद्धिको नेतृत्व गर्ने बताएका छन्  । 
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले काँग्रेसको नेतृत्वमा मुलुकले समृद्धि पाउने बताए। 

“चार जना कम्युनिष्ट सरकारले बनाउन नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भयो, अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुन्छ,”– उनले भने। 

नेता सिंहले कम्युनिष्टमा धेरै बोल्ने तर काम नगर्ने बानी रहेको बताउनुभयो । मुलुकको विकासका लागि अरु पार्टीसँग काँग्रेसको तुलना गर्न नमिल्ने उनको भनाइ थियो । 

पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा काम नगर्ने अनि अर्काले गर्न लागेको काम बिगार्ने कम्युनिष्टको चरित्र भएको बताउनुभयो । “अरुण तेस्रो जलविद्युत् आयोजना कुन दलका कारण रोकिएको हो,”– उनले प्रश्न गरे । 

काँग्रेसका पूर्वमहामन्त्री सिंहले काठमाडौँको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले काठमाडौँ क्षेत्र नं १ को विकासमा गर्न बाँकी रहेका कुरालाई पूरा गरेर नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...