चौबिसै घण्टा मतपेटिका कुर्छन् दलहरु
महिलालाई दिउँसो र पुरुषलाई राति कुर्ने जिम्मेवारी

गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरुले कार्यतालिका बनाएका छन् । दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । यसअघि दलका महिलाले पनि मतपेटिका कुर्न पाउनुपर्ने आवाज उठाएका थिए ।
दलका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यायलको बाहिरी घेरामा बसेर मतपेटिका कुरिरहेका छन् । मतपेटिका राखिएका कोठामा सबै दलका आआफ्ना ताला झुण्डिएका छन् । दलहरुले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको नेकपा (एमाले) बागलुङका सचिव लालबहादुर थापाले बताए ।
उनका अनुसार उम्मेदवार, नेता, महिला, युवालगायतका कार्यकर्ताले आलोपालो गरेर मतपेटिका कुरिरहेका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकालाई सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोगले खटाएका कर्मचारी पनि मतपेटिकाको सुरक्षामा तल्लिन छन् ।
मतपेटिकाको सुरक्षामा विश्वस्त हुन कुरुवाको रुपमा प्रतिनिधि राख्नुपरेको दलहरुले बताएका छन् । वाम गठबन्धनका दलहरुले मतपेटिका कुर्न प्रतिनिधि राखेपछि काँग्रेसले आफू पनि प्रतिनिधि खटाउन बाध्य भएको जनाएको छ । बिहान, बेलुकी र रातिको समयमा गरी छुट्टाछुट्टै कार्यतालिका बनाएर प्रतिनिधि खटाइएको नेपाली काँग्रेस बागलुङले जनाएको छ ।
दलहरुले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । निर्वाचन आयोगको अनुरोधअनुसार नै दलका नेता कार्यकर्ताले मतपेटिका कुर्ने व्यवस्था मिलाएका हुन् । दलहरुबीच आपसी विश्वासको वातावरण रहे पनि निवार्चनको संवदेनशीलता हेरेर मतपेटिका कुर्नुपरेको दलका नेताले बताएका छन् ।
प्रतिनिधिसभा १ मा नेपाली काँग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचार
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस