कैलाली क्षेत्र नं ५ मा जितको आशमा डा आरजु, वाम गठबन्धनका नारदमुनिको कडा चुनौती

Arju deuba ra rana

पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिएकी छिन् । 

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नं ७ मै निकै उत्सुकतासाथ हेरिएको छ । 

यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थिए । 

त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले मारेको विजयले डा राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ । 

विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नंं ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसकेकी डा राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेकि छिन् । 

उनले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन् । 

धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत भएकी डा राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्छिन् । उनले विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गरिन् । 

“ऋणमा घर खरिद गर्दा पनि विपक्षीले ठूलै मुद्दा बनाए” उनले भनिन्, “विपक्षीसँग काँग्रेस विरोध गर्नसक्नै कुनै पनि एजेण्डा नै भएन, त्यसैले घरको मुद्दा उठाए ।” आफ्नो उम्मदेवारीले महिला मतदाता बढी उत्साही रहेको उनको भनाइ थियो । 

निराश छैनन् नारदमुनि 

हेभीवेट उम्मेदवारका रुपमा हेरिएकी डा राणालाई वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले कडा चुनौती दिइरहेका छन् । 

विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपप्रमुखमा विजयी र २०६४ सालमा समानुपातिक सांसद् रहनुभएका रानालाई वाम गठबन्धनको दरिलो साथ रहेको छ । साथै, उनलाई जातिगत हिसाबले थारु समुदायको पनि साथ रहने वाम गठबन्धका नेताहरूको भनाइ छ । यद्यपि सो समुदायमा आफूहरूको पनि संगठन बलियो रहेको काँग्रेस नेताहरूको दाबी छ । 

धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सघन सहरी विकास कार्यक्रमको कार्यन्वयन, धनगढीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रको विकास, नदी नियन्त्रणलगायतका कार्यक्रमसहित राना चुनावी मैदानमा छन् । 

धनगढीलाई थारु समुदायको भाषा, साहित्य र संस्कृतिको अध्ययनको गन्तव्य बनाउने आश्वासनसहित उनका जातीय मत तान्ने राणनीतिमा समेत छन् । 

 वाम गठबन्धनका उम्मेदवार रानाले भने, म यहीँ जन्मे हुर्केको र सबैसँग घुलमिल रहेकाले चुनावी नतिजा मेरै पक्षमा आउनेछ ।” 

यहाँ सांगठनिकरुपले एमालेको अवस्था बलियो रहेको र विभाजनका कारण माओवादी केन्द्रको अवस्था केही कमजोर भए पनि दुवैको मत जोड्दा गठबन्धन नै अगाडि रहेकाले पनि जित सुनिश्चित रहेको दाबी उनको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...