उपराष्ट्रपतिसँग यूएई र थाइल्याण्डका राजदूतको भेट

Nanda bahadur pun 624x649

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० र थाइल्याण्डका राजदूतले शिष्टाचार भेट गरेका छन ।

आज अपराह्न उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा यूएईका राजदूत सैयद हम्दान नक्पित र थाइल्याण्डका राजदूत भकावत पान्सकुलले छुट्टा–छुट्टै शिष्टाचार भेट गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यूएईका राजदूतसँगको भेटमा उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएको बताउए । उनले पहिलो चरणको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको बताउनु हुँदै दोस्रो चरणको निर्वाचन पनि भव्य रुपमा सम्पन्न हुने बताए।

उपराष्ट्रपतिसँगको भेटमा यूएईका राजदूतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलोचरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा बधाई दिए।

प्रतिकृया दिनुहोस