चितवनमा नेपाली कांग्रेसले २ सिट जित्छ : राजेन्द्र बुर्लाकोटी

13000000000000

चितवन । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राजेन्द्र बुर्लाकोटीले चितवनमा नेपाली कांग्रेसले २ सिट जित्ने दाबी गरेका छन् ।

बुधबार विहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यस्तो दाबी गरेका हुन् ।

उनले भने,“चितवनमा कांग्रेसको विकल्प छैन, हामी बिना यहाँको विकास सम्भव छैन, यो कुरा यहाँका जनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले यो निर्वाचनमा जनताले हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ।”

कार्यक्रममा उनले पार्टीले आफूलाई बलियो उम्मेद्धवार ठानेर र विगतमा गरेको कामबाट प्रभावित भएर नै उक्त क्षेत्रबाट उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,“पार्टीले जिम्मेवारी दिएपछि उम्मेद्धवारी दिएको हुँ ।

मैले जित्छु, मेरा प्रतिष्पर्धी सुरेन्द्र पाण्डे दुईपटक सांसद भए तर उनले यहाँ विकासको कुनै पूर्वाधार खडा गर्न सकेका छैन् । यो सत्य कुरा हो।”

उनले समग्र मुलुकको विकास र समृद्धिको लागि कांग्रेसको विकल्पनभएको भन्दै चितवनमा आफ्नो पार्टीको विकल्पनभएको दाबी गरे ।

उनले भने,“जतिपनिविकास भएका छन्, ती सबै कांग्रेसकै कारण भएका छन्, हाम्रो पार्टी सरकारको नेतृत्वमापुग्दा नै यहाँ विकासका लहरहरु आएका छन्, यो कुरा सारा चितवन वासीलाई थाहा छ।”

उनले आफ्ना प्रतिष्पर्धी एवम् एमाले नेता सुरेन्द्र पाण्डेको दाबी गलतभएको आरोप लगाए। उनले भने,“उनी अर्थमन्त्री हुँदा चितवनका सडकको लागि एक रुपैयाँ पैसा आएको छैन ।

वार्षिक तीन करोड रुपैयाँ चाहीँ उनले उपभोक्ता बनाएर आफ्नै कार्यकर्तालाई पैसा बाड्ने काम भयो, चितवनका कलेजहरु कांग्रेसकै पालामा ल्याएको, स्वास्थ्यको कुरा गर्नुहुन्छ भने मुटु र मृगौलाको निशुलकशल्यक्रिया र उपचार पनिहाम्रै पार्टीका नेता गगन थापा मन्त्री हुँदा भएको हो ।”
त्यस्तै उनले चितवनमा कृषि तालिम केन्द्र कांग्रेसकै पालामा बनेको स्पष्ट पारे । यद्धपी उनले कांग्रेसले राम्रो काम गर्दा गर्दै पनि हार्नुको कारण चाहीँ कांग्रेसले यहाँ हार्नुको कारण विशिष्ट परिस्थिति नै भएको जिकिर गरे ।

उनले भने,“पूर्वपञ्चहरु एमालेमागए, त्यति वेला काँग्रेसमा विवाद थियो । अहिले विवाद छैन । यो क्षेत्रमा अहिले मेरो निर्विकल्प उम्मेद्धवारी हो । सबै कांग्रेसीहरु एक छन् ।मचुनाव जित्छु।”
आफ्नो पार्टी सरकारमा जाँदा चिवतनको विकासका लागि धेरै योजनाहरु स्विकृत भएका पनि उनको भनाई थियो ।

उनले भने,“पर्यटन पूर्वाधारका कामहरु भएका छन्, स्वास्थ्य विमा पनि हामीले ल्याएका हौं । यहाँ सिँचाईको समस्या छ, यसलाई पनि हामी सम्बोधन गर्न लागि परहेका छौं । तटबन्ध बनाउने काम छ, ठाडा खोलाहरु पनि छन् ।

त्यो समस्या समाधानगर्ने मेरो लक्ष्य छ ।”लोथरदेखि टिकौनीसम्म २० हजार जनता सुकुम्बासीभएको उल्लेख गर्दै ती सबै समस्याहरु समाधानगर्ने योजना सुनाए। उनले भने,“०३६ सालमा नै नापीभएका छैन् ।

बाढी पीडितहरु हुन् । सुकुम्बासीलाई पुर्जा दिने कांग्रेसबाहेक अरुले गर्न सक्दैन् । अहिलेको सरकार मिलीजुली सरकार छ, अब निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले यी सबै काम गर्छ।”
एमाले नेता पाण्डेविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुतभएकाबुर्लाकोटीले भने,“उनी अर्थमन्त्रीभएको पालामा एक कौडीको पनिकामभएको छैन । उहाँले झुटो बोल्नुभएको हो ।

उहाँहरुको झुटो बोल्ने र गालीगर्ने चरित्र हो । जनताले भोटदिँदैनन्, काम गरेको भए त भोट हालिहाल्थें नि । जनताले यसपालीकांग्रेसलाई भोट दिन्छन् ।”विकास र समृद्धिको लागियसपालीजनताले आफ्नो पार्टीलाई नै भोट दिने जिकिर गरे । उनले थपे,“चितवनको विकासको लागिबुर्लाकोटी हो ।

कसले जित्छ भन्ने कुरा २१ गतेपछि थाहा हुन्छ । म त ३६ सालदेखि नै भिजेर हिँडेको मान्छे हुँ । चितवनको मुहार फेर्छु, परिवर्तनको लागि नेपालीकांग्रेस हो भनेर मतमाँगेका छौं । जनताले हामीबाहेक अरुलाई पत्याउँदैनन्।”
चितवनमा २ सिट जित्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...