विकासनिर्माणमा हातेमालो गर्न मेरो उम्मेदवारी – मन्त्री थापा

Rss images 1501599579806 bp pokhara 010817 yanga bd 1

पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले स्थानीय आवश्यकतानुसार विकासमा हातेमालो गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन ।

मादी गाउँपालिका–९ गोर्जेमा आज आयोजित चुनावीसभामा उहाँले पूर्वाधार विकासको अभावमा ओझेलमा परेका ग्रामीण बस्तीमा जनताले अनुभूति गर्ने किसिमको विकासका लागि आफू प्रतिबद्ध भएको बताए ।

“यस निर्वाचन क्षेत्रभित्र पर्ने गाउँपालिकाका सम्पूर्ण वडाको विकासका साथै महानगर भएर पनि त्यस स्तरमा विकास हुन नसकेका वडाको तत्काल विकास अपरिहार्य छ,” उनले भने, “विकास निर्माणका लागि स्थानीयवासीलाई नेतृत्व प्रदान गर्ने कुरामा अहोरात्र लाग्नेछु ।”


सभामा कास्की क्षेत्र नं १ प्रदेश९क०का उम्मेदवार कृष्ण केसीले विभिन्न साधनस्रोत भएर पनि उपयोग हुन नसक्दा यस क्षेत्र ओझेलमा परेकाले सम्भावनालाई उजागर गर्दै आर्थिक समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो । मन्त्री थापा र केसीले आजै उक्त क्षेत्रका पोसी, नागिधार, पाख्रीबोट र रबैमा घरदैलो गरी मत मागे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...