प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण निधन

Parkash dhala death

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान पाँच बजेर ३८ मिनेट जाँदा आफ्नै निवासमा दाहाललार्इ अकस्मात हृदयघात थियो ।

हृदयघात भएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनको हृदयघातकै कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । केहिबेरमा नर्भिक अस्पतालमा पत्रकार सम्मेलन गरी औपचारिकरुपमा जानकारी गराइने बताइएको छ ।

चुनावी प्रचारका क्रममा झापामा रहेका अध्यक्ष दाहाल छोरा प्रकाशको हृदय घातको खबर अएपछि सबै कार्यक्रम स्थगित गरी हेलिकोप्टर मार्फत काठमाडौ आउँदै छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...