पूर्वाधार विकास कांग्रेसको पहिलो प्राथमकिता

पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने कांग्रेसले जनाएको छ ।

जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कस्केली जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उठाउने पार्टीको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि लगानीको विस्तार गर्दै सबैलाई रोजगारको अवसर उपलब्ध गराउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...