पौडेलविरुद्धको बागी जोशीको उम्मेद्वारी व्यक्तिगत टकराव : प्रधान

Bhimsendas pradhan

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी परेपछि विभिन्न चर्चा परिचर्चा चलेको छ । कतिपयले यसलाई व्यक्तिगत टकरावको रुपमा लिएका छन् भने कतिपयले यसलाई सामान्य भनेका छन् ।

तर, नेपाली कांग्रेसभित्रकै एक प्रभावशाली मानिने एक नेताले भने रामचन्द्र पौडेलविरुद्ध गोविन्दरज जोशीले दिएको बागी उम्मेद्वारीलाई व्यक्तिगत टकराव भएको बताएका छन् ।

रक्षामन्त्रीसमेत रहेका भीमसेनदास प्रधानले अहिले चुनावको मुखमा कांग्रेसभित्र गुटैगुट हुनु सामान्य रहेको बताए । ‘हरेक पार्टीमा गुट छ, अमेरिकाको डमोक्रेटिक पार्टीमा त ओबामा र हिलाी क्लिन्टनहरुको बेग्लाबेग्लै गुट छ’ प्रधानले भने, ‘नेपालमा त झन नेतौ पिच्छे गुन हुनु कुनै नौलो होइन ।’

उनले उम्मेद्धवारी दर्ताको बेला बागी उम्मेद्धवारी दर्ता भएको घटनालाई नौलो रुपमा नलिन आग्रह गरे । ‘गोविन्दराज जोशी जीले रामचन्द्रजीको विरुद्धमा उम्मेद्धवार दिनु गुट होईन, यो त धेरै पहिलेदेखिको व्यक्तिगत टकराव हो’, शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पार्टीगत होईन, यसले केही असर गर्दैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...