आइएस लडाकू र सिरियाली सैनिकबीचको द्वन्द्वमा परी १ सय ५० जनाको मृत्यु
सिरिया । सिरियाली सेना र इश्लामिक स्टेट आइएस लडाकूबीच भएको भडपमा परी दुवैतर्फ गरी कम्तीमा १ सय ५० जना लडाकूको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थालाई उद्धृत गर्दै सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, ‘पछिल्ला झडपमा सिरियाली हामा क्षेत्रको युकायरिबात शहरमा भएका भडपमा परी १ सय २० जना आइएस लडाकूको मृत्यु भएको छ । त्यसैगरीे ३५ जना सिरियाली सरकार पक्षधर सेनाको मृत्यु भएको छ ।’
युकायरिबात शहर जिहादी समूहको लडाकूले सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्दै आएको आइएस प्रभावित क्षेत्र हो । उक्त क्षेत्रमा आइएसको प्रभावमा रहेका हातमा गन्न सकिने केही गाउँमध्ये युकायरिबात एक गाउँ हो ।
मानव अधिकारवादी संस्थाका प्रमुख रमी अव्देल रहमानले भने ‘सरकार पक्षधर सेनाले उक्त शहरलाई शुक्रबार आफ्नो कब्जामा लिएको जनाइएको छ । तर आइएसले भने शहरको अधिकांशस्थान अझै आफ्ना लडाकूको नियन्त्रणभित्र रहेको भनी प्रतिक्रिया दिएको छ । ’
सिरियाली तथा रसियाली हवाई आक्रमणपछि उक्त शहरलाई सरकार पक्षधर सेनालाई आइतबार बिहान जिम्मा लगाइएको छ भने विद्रोही लडाकू शहर छोडेर नजिकका जिहादी समूदायको प्रभावमा रहेमको गाउँमा शरण लिएका बताइएको छ ।
पछिल्ला केही महिना यता आइएस समूहले एकपछि अर्को गर्दै सिरियाको राका तथा इराकमा ठूला पराजयको सामना गर्नुपरेको छ ।
सिरियामा सन् २०११ मा शुरु भएको सरकार विरोधि आन्दोलनमा परी ३ लाख २० हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ भने झण्डै आधा जनसङ्ख्या आन्तिरिक तथा बाह्यरूपमा विस्थापित बनेको छ ।
प्रतिकृया दिनुहोस