मेयर उपमेयरले अघि सारेका योजना नै आफ्नो प्राथमिकतामा राख्छु : कार्यकारी अधिकृत शर्मा

Adikrit

काठमाडौं । काठमाडौं महानगरका नव नियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले मेयर उपमेयरले अघि सार्नु भएको काम नै आफ्नो प्राथमिक काम भएको बताए ।

बुधबार पदबहाली गरेपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने बताए।

भ्रष्टाचारजन्य आचरणलाई शुशासनको काँडाको रुपमा चित्रित गर्दै कार्यकारी अधिकृत शर्माले नागरिक सेवा सन्तुष्टिमा पूर्वाधार र कर्मचारी क्षमताको विकासमा आफ्नो ध्यान जाने बताए ।

विद्युतीय शाशनको प्रवर्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारको बुझाइमा फरक भएकोले यतातर्फका काममा आफ्नो ध्यान जाने शर्माको भनाइ छ ।

नव नियुक्त कार्यकारी अधिकृतले कर्मचारीले सम्पादन गर्नु पर्ने विधि तथा पद्धतिमा नागरिक र जनप्रतिनिधिका बीचमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशाशन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीको भनाइ थियो ।

यस अघि अर्थ मन्त्रालयको वित्तिय व्यवस्थापन महाशाखा प्रमुखका रुपमा काम गरिरहेका श्रावण १९ को मन्त्री परिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका शर्मा श्रावण २९ गतेको उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम महानगरको कार्यकारी अधिकृतका रुपमा सरुवा भइ आएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...