एमाले काठमाडौँको संगठन सुदृढीकरण अभियान शुरु
काठमाडौँ । नेकपा (एमाले), काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ शुरु गरेको छ ।
प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी शुरु गरिएको यो अभियानअन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम गरिनेछ । दुई महिने यो अभियान आगामी असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा विजयी हासिल गरेपछि देखिएको उत्साहलाई मनोबलमा परिणत गर्न अभियान शुरु गरिएको जिल्ला अध्यक्ष कृष्ण राईले बताए । उनले पार्टीका कमिटीमा रहेका आन्तरिक तिक्ततालाई समाधान गर्दै निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई केन्द्रको निर्देशनअनुसार कारबाही र शुद्धीकरण गरिने पनि बताए ।
अभियानको शुभारम्भ गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई भीडमा आधारित होइन सुदृढ संगठनसहितको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेकामा जोड दिँदै विचारमा स्पष्टता र एकरुपता नभए संगठन सृदृढ नबन्ने बताए ।
पार्टीभित्र कुनै विषयमा चित्त नबुझेमा विधिपूर्वक कुरा राख्न र फाँटिएको विचार बोकेर नहिँड्न आग्रह गर्दै उहाँले संगठनात्मक अराजकताको सिलसिला चलेमा दुर्भाग्यपूर्ण हुने उल्लेख गरे । जिल्ला कमिटीलाई विधान बमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिँदै महासचिव पोखरेलले भने, “कमिटीभित्र नमिलेका जोड घटाउ र विवाद तत्काल विधिसम्मत रुपमा मिलाउनोस् ।”
एमाले प्रदेश नं ३ का सहसंयोजक काशीनाथ अधिकारीले विजय हासिलसँगै पार्टीका लागि चुनौती खडा भएकाले त्यसलाई सामना गर्न अभियान सार्थक हुने अपेक्षा व्यक्त गरे ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले सत्ता पक्षका पार्टी मिलेर लड्दा पनि स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेकाले राष्ट्रियता र समृद्धिसम्बन्धी पार्टीको नीति सही सावित भएको दाबी गरे ।
पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ इञ्चार्ज सावित्रा भुषालले संघीय निर्वाचनमा पनि काठमाडौँमा १० वटै निर्वाचन क्षेत्र हुने सम्भावना रहेकाले ती सबै क्षेत्रमा स्थानीय तहमा प्राप्त मतलाई कायम राख्न संगठनलाई चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको बताइन् ।
एमाले प्रदेश नं ३ का सदस्य योगेन्द्र संग्रौलाले जिल्ला कमिटीले सुरु गरेको अभियानमा प्रदेशस्तरका नेता पनि परिचालित हुने जानकारी दिए।
जिल्ला कमिटीका सचिव एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचन घोषणापत्रमा उल्लेख भएअनुसार महानगरको विकास र समृद्धिमा आफूहरु योजनावद्ध रुपमा अघि बढेको उल्लेख गर्नुभयो । यस जिल्लमा एमालेका १० हजार पार्टी सदस्य रहेको बताइएको छ ।
सम्बन्धित समाचार
बीआरआईमा विवाद: कांग्रेस अनुदानमा, एमाले ऋणमा भएपनि गर्ने अडानमा
काठमाडौं। प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिए...
काठमाडौंमा माओवादी र समाजवादीबीच चुनावी तालमेल हुने, मेयरका माओवादी वडामा समाजवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमा...
प्रचण्ड भन्छन्, सरकार बनाउन अहिले पनि हाम्रो संख्या म्याजिक नै छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादी...
कोशी प्रदेशका वहालवाला सांसद अधिकारी पक्राउ, ल्याइयो काठमाडौं
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी...
एमालेले गर्यो मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्बन
काठमाडौं । मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारी नेकपा एमा...
स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जि...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस