भरतपुरमा एमाले कार्यकर्ता स्तब्ध, रेणुले लिइन् अग्रता

फेरी उकालो लागिन् रेणु दाहाल, सबैको चासो भरतपुर महानगरपालिका 1102

२१ साउन, चितवन । भरतपुर महानगरपालिकामा करिव एक हजार मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।


कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी छन् । रेणुको मत ४२ हजार ५८९ छ भने देवीले ४२५३२ मत पाएका छन् ।

वडा नम्बर १९ को गणना गर्नुअघि देवीको अग्रता ७८४ थियो । १९ नम्बरको वडाको झण्डै १८ सय मत गणना भइसकेको बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मतपत्र त्यातिएका थिए । निर्वाचन आयोगले त्यो वडाको सबै मत बदर गर्दै शुक्रबार १९ नम्बर वडामा पुनः मतदान गरायो ।

पुन मतदानमा अघिल्लो पटक भन्दा ११ मत बढी २८७१ मत खसेको थियो । माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झर्‍यो ।

माओवादी कार्यकर्ताले मत पत्र त्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो । तर, नतिजा त्यस्तो भएन ।

कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।

२० नम्बर वडाको २ हजार मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ५७ मतले अगाडि लागिन् ।

अब वडा नः २० को ३३०२ मत खसेको थियो । अब करिव १ हजार मत मात्र गणना गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...