हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

176

अफगानिस्तान । अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । यस युद्धग्रस्त देशमा वासिङ्गटनले गरेको पछिल्लो शान् वार्ताको प्रयास असफल भएको थियो ।

हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतङ्ककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतङ्ककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो ।

अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटोस् मिसन इन अफगानिस्तान’द्धारा प्रंकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित विज्ञप्तिमा दुर्भाग्यबस भएको यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन ।

गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एक हवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए ।

नोभेम्बरमा उत्तरपूर्वी प्रान्त कुन्दुजमा भएको अमेरिकाआवद्व हवाइ आक्रमणमा ३२ अफगान नागरिक मारिएका थिए ।

सन् २०१५ को अक्टोबरमा अमेरिकाआवद्व एक हवाई आक्रमण अस्पतालमा पर्दा ४२ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...