आमाका लागि पोषण तालिम

Health post


रोल्पा, । सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ ।
जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ ।

जिल्ल्ला समन्वय समिति, जिल्ला शिक्षा – जिल्ला स्वास्थ्य– जिल्ला कृषि विकास – पशुसेवा – खानेपानी तथा सरसफाइ सब डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो । हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अछाम घटना : प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या, यसरी खुल्यो रहस्य

Achham ghatana

अछाम । अछामको ढकारी गाउँपालिका -१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया...