प्रचण्ड फेरि काम चलाउ

Prachanda

काठमाडौं । बुधबार राजीनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले ९ दिनसम्म काम चलाउने थप जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजिनामा दिएका प्रधानमन्त्री दाहाललाई अर्को मन्त्रीपरिषद् गठन नभएसम्मका लागि कामचलाउ तोकेकी छन् ।

सरकार गठन सम्बन्धी संबैधानिक व्यवस्था र संसदीय अभ्यासका कारण प्रधानमन्त्री दाहालले कम्तिमा ९ दिन कामचलाउ सरकारको नेतृत्व गर्न पाउने भएका छन् ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले राजनीतिक दलहरुलाई आह्वान गर्दै ७ दिनको समय दिने प्रचलन छ । सो अवधीमा पनि सहमतीय सरकार बन्न नसके निर्वाचनमा जानुपर्न हुन्छ ।

विगतमा प्रमुख दलहरुको सहमतिमा बनेका सरकार समेत संसदको बहुमतकै आधारमा चुनिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...