बुधबार काठमाडौं आइपुग्‍न मतदातालाई नौ दलीय गठबन्धनको निर्देशन

8 party meeting

काठमाडौं । आठ दलीय गठबन्धनले बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई बुधबार नै काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको हो ।

'राष्ट्रपति निर्वाचनबारे गर्नुपर्ने काम सबै व्यवस्थित र सुरक्षित रुपमा प्रशिक्षित गर्ने निर्णय भएको छ', गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, 'आफ्नो पार्टीका नेता कार्यकर्ता र सांसदहरुलाई भोट कसरी हाल्ने सिकाइरहनुपर्ने कुरा भएन । यस पटक भोटमा स्वस्तिक लाउनुपर्छ । पहिले नम्बर र टिक लाउने हुन्थ्यो। त्यसैले यसबारे सबै सांसदलाई बताउने कुरा भएको छ ।'

बैठकपछि नेकपा एसका महासचिव बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा समेत छलफल भएको बताए । ‘गठबन्धनमा अन्य दलहरू पनि जोडिने भन्ने छ, सबै दलहरूलाई जोडेर बलियो गठबन्धन बनाएर अघि बढ्ने हो,’ उनले भने ।

उनले यो बैठक राष्ट्रपति निर्वाचनमै केन्द्रित भएर बसेको बताए । 'राष्ट्रपति निर्वाचनकैबारे बैठकमा कुरा भएको हो'. उनले भने, 'हामी आठ दलसँग ३१ हजार ५ सयभन्दा धेरै छ । एमालेको आफ्नो मात्रै १५२८१ हो। राप्रपा र रास्वपाले निर्णय गरेका छैनन् । तर पनि हामी सजिलै जित्छौँ। रामचन्द्र पौडेल फागुन २५ गते साँझसम्म राष्ट्रपति भइसक्नु हुन्छ ।'

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...