एमाले सरकारबाट बाहिरिने तरखरमा, शनिबार सचिवालयको बैठक बस्दै

Kp sharma oli

काठमाडौं । अप्रत्यासित रुपमा पुन १० गते सरकारमा प्रवेश पाएको नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीले भोलि शनिबार बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने मनस्थितीमा पुगेको छ । एमालेले प्रधानमन्त्री प्रचण्डले धोका दिएको आरोप लगाएको छ । उसले शुक्रबार बालुवाटारमा ८ दलको बैठकले गरेको निर्णयले देशमा नयाँ अस्थिरताको बिजारोपण भएको आरोपसमेत लगाएको छ ।

एमालेले यसलाई राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ को संज्ञा दिँदै नयाँ सहमतिले थप राजनीतिक अस्थिरता निम्तने जिकिर गरिसकेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार चयन हुनु राजनीतिक दाउपेच भित्रको छक्कापञ्जा भएको प्रतिक्रिया दिए ।

उनले भने,‘ यो निर्णय नेपाल राज्यलाई थप अस्थिर बनाउने निर्णय हो। यो निर्णय गरेर कतिपय नेताहरुले आफ्ना निम्ति राजनीति भनेको खाली दाउपेच, छक्कापन्जा र स्वार्थको लेनदेनको प्रमाणित गर्नुभएको छ । हामीले भोली बिहान संस्थागत निर्णयका लागि केन्द्रीय सचिवालयको बैठक बसेर निर्णय गार्छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...