राप्रपाले बनायो ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक

Gyanendra shahi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ । राप्रपाका प्रवक्तासमेत रहेका शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक पदमा मनोनयन गरेको बताए । शाहीलाई मन्त्री बनाउने चर्चा थियो । तर, मन्त्री बनाउन नसकेपछि शाहीलाई प्रमुख सचेतक बनाएको हो ।

तत्कालीन सत्तारुढ गठवन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...