रास्वपाले अर्याल र खनाललाई मन्त्री बनाउने, डा. तोसिमालाई स्वास्थ्य राज्यमन्त्री बनाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।
यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् ।
शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं(६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी डा. कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।
प्रतिकृया दिनुहोस