समाजवादी कांग्रेसले जनआन्दोलन मोर्चासँग सहकार्य गर्ने

Samajbadi congres

काठमाडौं । संघीयता र धर्म निरपेक्षताको खारेजी, संवैधानिक प्रजातान्त्र, विषेश अधिकार सहितको राजसंस्थाको स्थापना लगायतको माग राख्दै एकल रुपमै आन्दोलन गर्दै आएको नेपाल समाजवादी कांग्रेसले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग सहकार्य गर्ने भएको छ ।

शुक्रबार नेपाल समाजवादी कांग्रेस र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच संघीयता र धर्म निरपेक्षताको खारेजी, संवैधानिक प्रजातान्त्र, सनातन हिन्दुराज्यको स्थापना लगायतका विषयमा संयुक्त रुपमा आन्दोलन गर्ने सम्झौता गरेको छ ।

सो सम्झौतामा नेपाल समाजवादी कांग्रेसको तर्फबाट अध्यक्ष गोविन्द निरौला, सचिव मानबहादुर गुरुङ र केन्द्रिय सदस्य चन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् भने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका तर्फबाट अध्यक्ष तारानाथ लुईटेल, सहअध्यक्ष विष्णु भट्टराई र वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद लुईटेलले हस्ताक्षर गरेका छन् ।

यसअघि नेपाल समाजवादी कांग्रेसले एकल रुपमै निर्वाचन बहिष्कार गर्दै देशभर आन्दोलन गरेको थियो भने लामो समयदेखि संघीयताको खारेजी, संवैधानिक प्रजातन्त्र, हिन्दु राज्यको पुनस्र्थापना, संवैधानिक रासंस्थाको स्थापना लगायतका विषयमा सडक संघर्ष गर्दै आएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...