राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

Prachanda cabinet 21

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । रुपन्देहीबाट निर्वाचन लड्न चाहेका उनले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि उक्त सिट रिक्त भएको थियो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरषद्को बैठकको निर्णयपछि निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सिटका लागि २५ माघमा निर्वाचन गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...