बागमती : एमाले संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत

Jn thapaliya

हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए ।

बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...